पोर्नस्टार बिन्दुले पाईन ७२ करोड क्षतिपुर्ती , ईन्टरनेटबाट पोर्न भिडियो हटाइने

पोर्नस्टार बिन्दुले पाईन ७२ करोड क्षतिपुर्ती , ईन्टरनेटबाट पोर्न भिडियो हटाइने

  • बुधबार, पुस २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 15.7K
    SHARES

एजेन्सी ।

आफ्नै पतिद्धारा पोर्नस्टार बनाईएकी २७ बर्षे नेपाली युवती विन्दु परियार ७.२५ मिलियन डलर (करिब ७२ करोड रुपैयाँ) क्षतिपुर्ति पाउने भएकी छिन् । साथै उनका सबै भिडियो इन्टरनेटबाट हटाईने भएको छ ।

‘दि डल्लास मर्निङ न्युज’का अनुसार नर्सिङ पढ्ने उद्देश्यले अमेरिका पुगेकी विन्दुले आफ्ना पूर्वपतिले सुरुमा झुक्याएर र पछि जबरजस्ती भिडियो खिचेर इन्टरनेटमा अपलोड गरि आफूलाई ‘पोर्नस्टार’ बनाएको भन्दै हालेको मुद्दामा अमेरिकाको एक अदालतले उनको पक्षमा फैसला गरेको छ ।

उनका पूर्वपति टम रान्डेल सेवेललाई यी सबै भिडियो इन्टरनेटबाट हटाउन र विन्दुलाई ७.२५ मिलियन डलर क्षतिपुर्ति तिर्न आदेश दिएको छ ।

बिन्दुले आफ्नै पूर्व पति सेवेलले जबरजस्ती नग्न क्लबहरुमा पठाउने, स्तन सर्जरी गर्न लगाउने र अन्य पुरुषहरुसँग यौन सम्बन्ध कायम गर्न लगाएर त्यसलाई भिडियो खिचेर इन्टरनेटमा अपलोड गर्ने काम गरेको अदालत समक्ष बयान दिएकी थिईन ।

विन्दुले इन्टरनेटबाट आफ्ना सामाग्री हटाइ माग्न मुद्दा दिएकोमा अदालतले ७२ करोड क्षतिपुर्ति भर्न पनि आदेश दिएको छ ।

२०१२ मा छुट्टिएपछि पनि पूर्वपतिले उनको नामका इन्टरनेटमा पेजहरु बनाउने, उनको कलेज वेवसाइटमा उनलाई ‘वेश्या’ भनेर चिनाउने काम जारी राखेका थिए ।

पहिलो पत्नीसँग सम्बन्ध बिच्छेद भएपछि परिवारकै सहमतीमा बिन्दुसँग बिबाह गरी उनलाई अमेरीका लगेका थिए । उनको पढाईमा पनि सेवेनले नै सहयोग गरेका थिए ।

तर, अमेरिका पुगेपछि उनको व्यवहार अर्कै भएको विन्दुको भनाई छ । ‘मलाई जबरजस्ती पोर्नस्टार बनाइदियो, म सामान्य केटी हुँ, सामान्य जीवन बाँच्न चाहन्छु,’ विन्दुले डल्लास मर्निङ न्युजसँग भनेकी छिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ