मोर्चाद्वारा वार्ताका लागि कार्यदल गठन

मोर्चाद्वारा वार्ताका लागि कार्यदल गठन

  • मङ्लबार, पुस २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं,२१ पौष ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तीन दलिय कार्यदलसँगको वार्ताका लागि तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

बिजुली बजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय आज बसेको बैठकले सरकारको तर्फबाट गठित तीन दलिय कार्यदलसँगको वार्ताका लागि तीन सदस्यीय कार्यदल बनाएको हो ।

गठित कार्यदलमा तमलोपाका हृदयश त्रिपाठी, संघीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठ तथा तराई मधेस सद्भावना पाटीका राम नरेश राय सदस्य रहनु भएको छ ।

बैठकपछि आयोजीत पत्रकार तमलोपाका हृदयश त्रिपाठीले मोर्चाले अघि सोरेको ११ बुँदे माग बारे तीन दलका तर्फबाट गठित कार्यदलसँग छलफल गर्ने जिम्मा कार्यदललाई दिइएको बताउनु भयो ।

मोर्चाद्धारा गठित कार्यदलले सरकारसँगको वार्ताका लागि खाका तयार गर्ने छ । यसैबिच मोर्चाको हिजोको बैठकमा सहभागी नभएको सद्भावना पाटीले भने कार्यदलमा आफ्नो दलका प्रतिनिधि नभएपनि आफूहरुको समर्थन रहेको बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ