खाना पकाउन डिजेल लिनेको लाम (फोटो फिचर)

खाना पकाउन डिजेल लिनेको लाम (फोटो फिचर)

  • सोमवार, पुस २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाण्डौ ,२० पुस ।

मधेस आन्दोलन र भारतीय नाकाबन्दीका कारण देशभर इन्धनको चरम अभाव देखिएको छ । इन्धनको अभाव भएपछि इन्धन र ग्याँसको तस्करी र कालोबजारी भने एकाएक मौलाएको छ ।
सामाग्री ढुवानी हुन नसकेर दैनिक उपभोग्य सामाग्रीको कृतिम अभाव, मूल्य बृद्धि, कालोबजारी फष्टाएको छ ।

खाना पकाउने ग्याँस नपाएर राजधानीका उपभोक्ता सकसपूर्ण जीवन यापन गर्न बाध्य छन् । यति मात्र हैन उपभोक्ताहरुले खाना पकाउन, टुकि बाल्न मट्टितेल पाएका छैनन् ।

एलपि ग्यासको विकल्पमा मट्टितेल खोज्ने उपभोत्ताले अहिले मट्टीतेल पनि नपाएपछि यतिबेल पेट्रोलपम्पमा खाना पकाउनका लागी डिजेल लिन बस्नेको लाईन देखिन्छ ।

बालालीका देखि बृद्धबृद्धा समेत डिजेल लिन ग्यालीन बोकेर बसिरहेको देखिन्छ ।

टेकुस्थित नेसनल ट्रेडिङ पेट्रोल पम्पमा डिजेलको लाईनमा बसेकी सोहि स्थानकी मनमाया शर्माले भनिन् ,“खाना पकाउन ग्यास छैन ,मट्टीतेल पनि छैन त्यसैले डिजेल लिन आएकी । ”

के गर्नु खाना त खानै पर्यो । डिजेल लगेर नुन हाली छानेर स्टोपमा खाना पकाउने गरेकी छु उनले थपिन । यो अबस्थाको अन्त्य कहिले होला ।

उनी मात्र हैन डिजेल लीन लाईनमा बस्न सबैको पिडा उस्तै छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी