काठमाण्डौ,१७ पौष ।
गीतकार करिष्मा घर्तिमगर को एकल गीति संग्रह मुटुको युकेको आसफोर्डमा सार्वजजिक भएको छ । मुटु एल्वम भित्र ६ वटा लोक आधुनिक गीत र एक म्यूजिकलाई समाविष्ट गरिएको छ ।
गीतकार घमको एकल शब्दरचना रहेकोमा राजेश थापाले एकल संगीत भरेका छन् । नेपाली सागेतिक क्षेत्रका चर्चित तथा स्थापित गायक तथा गायिकाहरुको स्वर रहेको मुटु एल्वममा राजेश पायल राई, अन्जु पन्त, दिपक लिम्बु, रुपराज आचार्य, रजिना रिमाल, मिलन अमात्य र अहिलेका चर्चित मेलिना राईको स्वर रहेका छन् ।
विन्ध्यावासिनी म्यूजिकको प्रस्तुती रहेको मुटु एल्बमका गीत मध्ये मेलिनाको स्वर भएको आँसु लुकाई बोलको गीतको भिडियो समेत सार्वजानिक गरिएको थियो । गीतकार घमले केही महिना अघि मात्र गुनासो नामक कविताकृति समेत सार्वजानिक गरिसकेकी छिन् ।
आमन्त्रित अतिथिहरु संगै घम र श्रीमान विष्णु घर्तिमगरले कृतिको विमोचन गरेका थिए । ३ वटै कृतिका बारेमा विश्वास दीप तिगेलाले समिक्षा गरेका थिए । उपस्थित सबैलाई विजय हितानले स्वागत गर्नुभएको थियो भने संचारकर्मी रुपा राना र गायक गंगा राईले संचालन गर्नुभएको थियो ।
आफूले जन्माएको सन्तानको कर्म चलाउन शुभचिन्तक, नातागोता, छरछिमेक लगायतलाई निमन्त्रणा गरिएको समारोहमा महिला गीतकारहरु निर्मला राई, जानुका राई, सिता शेरचन, चन्दावती राई, सिता पुन लगायत सांगेतिक क्षेत्रका गणेश पुन, सिबि राई, दौलत राई, औतारी माइला, लोकेन्द्र शेर्मा, हिक्मत रोक्का लगायत झण्डै डेडसयको उपस्थिती रहेको थियो ।
गीतकार घमले आफ्नो जीवन र अनुभवको बारेमा मन खोलेरै बोल्नुहुदै कृति निर्माण गर्न सहयोग गर्ने तथा उपस्थित सबैलाई धन्यवाद साथै आभार ब्यक्त गर्नुभएको थियो । आर्ट र म्यूजिकमा लामो समय काम गर्नुभएका पूर्व ड्रम मेजर उत्तर मगरको अध्यक्षतामा समारोह सम्पन्न भएको थियो ।

