जनकपुर,१६ पुस ।
आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले जनकपुरको जानकी मन्दिर छेउमा रहेको जानकी प्रहरी चौकीमा आगजनी गरेका छन् ।
हिजोसाझ मोर्चाका आन्दोलनकारीले प्रहार गरेको पेट्रोल बमका कारण चौकीमा आगलागी भएको प्रहरीले जनाएको छ ।
धनुषाका प्रहरी नायब उपरीक्षक नकुल पोखरेलले जानका अनुसार प्रहरी चौकीलाई लक्षित गरेर आन्दोलनकारीले तीन वटा पेट्रोल बम प्रहार गरेका थिए ।
गएको केही दिनदेखि जानकीचोकमा रहेको जानकी प्रहरी चौकीलाई लक्षित गरी आन्दोलनकारीले ढुंगामुडा गरेपछि प्रहरी र प्रदर्शनकारीबिच विभिन्न स्थानमा झडप समेत हुँदै आएको छ ।
मधेस आन्दोलनका कारण दैनिक जनजिवन निकै कष्टकर बन्दै गउको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline