पौष १५, सल्यान / नेवि संघका पूर्व उपाध्यक्ष तथा युवा नेता ऋषिकेशजंग शाहले इन्टरनेटलाई ग्रामिण क्षेत्रसम्म पु¥याउन सके मात्रै गाउँ र शहर विचको शिक्षाको दुरीलाई कमि गर्न सकिने बताएका छन । हरेक गाउँमा रहेका माविमा कम्प्यूटर शिक्षाको लागु गर्नुपर्ने अभियानमा २०६४ सालमा विद्यार्थीको केन्द्रिय राजनीति गर्दा देशव्यापी हिडेका शाहले अहिले बचत रहेको नेपाल दुर संचारको १ अरवलाई व्यवस्थित रुपमा परिचालन गर्न सकेमा मात्रै प्राविधिक शिक्षाको मुल कडिका रुपमा रहेको कम्प्यूटर शिक्षालाई व्यापक बनाउन सकिने बताएका छन । नेपालका ग्रामिण विकट बस्तिमा टेलिकमले वाइरलेस इन्टरनेट र शहरी क्षेत्रमा अप्टिकल फाइवरलाई विस्तार गरेमा प्राविधिक शिक्षाको विकास गर्न सकिने बताएका छन ।
उच्च मावि स्तरमा कम्प्यूटर विज्ञान पढाईने श्री त्रिभुवन जन उच्च मावि लाई ऋषिकेश जंग शाह अध्यक्ष रहेको नेपाल बाल संगठन सल्यानले गत मंसिरमा १० दिन सम्म चलाएको युवा महोत्सवबाट उठेको रकमबाट ५ वटा कम्प्यूटर सहयोग गरेका उनले अवको विकास प्राविधिक शिक्षा मार्फत हुने भएकाले त्यसलाई देशव्यापी बनाउनु पर्ने बताएका छन ।
उनले मंगलबार जिल्लालाई साक्षर घोषणा कार्यक्रममा ति ५ वटा कम्प्यूटर विद्यालयलाई हस्तान्तरण गरेका हुन । विद्यालयका प्राचार्य माधव डि.सी.ले विद्यालयमा यो बर्षदेखि कम्प्यूट शिक्षा लागु गरिएको र कक्षा ११ मा कम्प्यूटर साइन्सका लागि २१ जना विद्यार्थी भर्ना भएको र अहिले भएका ७ वटा कम्प्यूटरले सबैलाई अध्यापन गर्न अप्ठेरो भएको बताएका छन । मास्टर इन कम्प्यूटर इन्फरमेसन गरेका प्रशिक्षकले प्रशिक्षण दिइरहेको कम्प्यूटर साइन्सको पढाई कम्प्यूटर अभावका कारण सोचेजस्तो नभएको बताउदै प्राचार्य डिसीले बाल संगठनको यो सहयोगले सहज हुने बताएका छन । उनले सदरमुकाममा रहेको विद्यालयको निम्ती पुर्वाधार नराखि जिल्ला शिक्षा कार्यालयले विगतमा पढाई नहुने र कम्प्यूूटर चलाउन नजान्नेलाई कम्प्यूटर हस्तान्तरण गरेको र ति कम्प्यूटरहरु काम विहिन रहेको गुनासो पनि गरेका छन ।
कम्प्यूटर शिक्षाप्रति विद्यार्थीको चासो बढेपछि विद्यालयमा सोचेभन्दा बढि विद्यार्थी भर्ना भएको बताउदै उनले यसलाई निरन्तरता दिनलाई कम्प्यूरटर सहयोग माग्ने अभियानमा लागिरहेको बताएका छन । बढदो लोडसेडिङ्गको मारमा रहेको भएतापनि जेनेरेटर संचालन गरि कम्प्यूटर कक्षा संचालन गरिरहेको विद्यालयले जनाएको छ ।