काठमाडौ १५ पौष ।
नवलपरासीमा गएराति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
पोखराबाट दिल्ली जाँदै गरेको ना ५ ख ९५२४ नम्बरको बसले बर्दघाटबाट चोरमारातर्फ जाँदै गरेको लु १७ प ९८५ नम्बरको मोटरसाइकललाई अरुणाखोला दुम्किवासको बीच जंगलमा ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ठक्करबाट मृत्यु हुनेमा मोटरसाइकल चालक नवलपरासी मध्यविन्दु नगरपालिका ८ का २८ वर्षीय रबि भण्डारी र मोटरसाइकलको पछाडि सवार २५ वर्षीय ओमप्रसाद थारु रहेका छन् । ठक्कर दिने बस र चालकलाई जिल्ला प्रहरी कार्यलय नवलपरासीले नियन्त्रणमा लिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline