काठमाण्डौ, १४ पुस ।
मालपोत कार्यालय डिल्लिबजारबाट ३ जना नायब सुब्बा र एक जना कार्यालय सहयोगी ५ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन ।
कार्यालय समयपछि एक रेष्टुरेन्टमा सेवाग्राहीसँग घुस लिँदै गर्दा आज साँझ उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा नायब सुब्बा मुकुन्दराज पाण्डे, एक नारायण अर्याल, पोषराज पोखरेल र कार्यालय सहयोगी लहरी कुमाल छन् ।
डिल्लिबजार नजिकैको एक रेस्टुरेन्टबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई पक्राउ गरेको जनाईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline