एकै दिन २०४ ट्यांकर इन्धन भित्रिए

एकै दिन २०४ ट्यांकर इन्धन भित्रिए

  • मङ्लबार, पुस १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाण्डौ, १४ पुस ।

भारतबाट २ सय ४ वटा इन्धनका गाडी नेपाल भित्रिएका छन् ।  आज दिनभरमा सबैभन्दा धेरै डिजेल बोकेका गाडी भित्रिएका छन् ।

पेट्रोल र ग्याँस बाहेक गाडी भने निकै कम संख्यामा आएका छन् । आज सबैभन्दा धेरै भैरहवाको बेलहिया नाकाबाट ७९ वटा इन्धन बोकेका गाडी नेपाल भित्रिएका छन् ।बेलहिया भन्सारका अधिकृत रविन्द्र प्याकुरेलका अनुसार ७२ वटा तेल ट्यांकर र ७ वटा ग्यास बुलेट नेपाल आएका हुन् ।

दिनभरमा भैरहवाबाट २ सय ५० भन्दा बढी मालबाहक गाडी नेपाल भित्रिएका छन् । नेपालगञ्ज नाकाबाट ५५ ट्यांकर इन्धन नेपाल भित्रिएको जमुनाह भन्सार प्रमुख राजेन्द्र हमालले जानकारी दिनुभयो ।

उहाँका अनुसार ४० ट्याकंर डिजेल आएको छ । जमुनाहबाट ५ ट्यांकर, पेट्रोल ७ ट्यांकर हवाइ इन्धन र ३ ट्यांकर मटितेल पनि नेपाल आएको छ । जमुनाह नाकाबाट अन्य ७७ वटा मालबहाक गाडी आएका छन् ।

कैलालीको गौरीफन्टा नाकाबाट ४० ट्यांकर इन्धन भित्रिएका छन् । गौरीफन्टाबाट ३४ वटा डिजेल, ४ वटा पेट्रोल र २ वटा हवाइ इन्धनका गाडी नेपाल आएको भन्सार प्रमुख हरीप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

काँकडभिट्टाको मेची नाकाबाट १७ ट्यांकर इन्धन नेपाल आएका छन् । मेची भन्सारबाट १५ ट्यांकर डिजेल, १ ट्यांकर पेट्रोल र १ ट्यांकर मटितेल भित्रिएको छ । रातिसम्म थप ६ वटा इन्धनका गाडी नेपाल आउने भन्सार प्रमुख भीम अधिकारीले जानकारी दिनुभयो । मेचीबाट १ सय ६ वटा गाडी नेपाल आएका छन् ।
बिराटनगरको रानी नाकाबाट दिनभरमा १३ वटा इन्धनका गाडी भित्रिएका छन् । जसमा डिजेलका १० वटा छन् भने ग्यास बुलेट तीनवटा रहेको रानी भन्सार प्रवक्ता राजेन्द्र ढुंगानाले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी