वातावरणमन्त्रीद्धारा प्रधानमन्त्रीलाई साइकल हस्तान्तरण

वातावरणमन्त्रीद्धारा प्रधानमन्त्रीलाई साइकल हस्तान्तरण

  • मङ्लबार, पुस १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौँ, १४ पुस ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘वातावरण मैत्री राष्ट्रिय अभियान’अन्तर्गत जनसङ्ख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले आज प्रधानमन्त्री निवास बालुवाटारमा साइकल हस्तान्तरण गर्नुभयो ।

‘थोपा थोपा इन्धन बचाउन र वातावरणमैत्री राष्ट्रिय अभियानमा सहभागी बनौँ’ भन्ने नाराका साथ मन्त्रालयले साइकल प्रयोगमा प्रोत्साहन गर्दै आएको छ । प्रधानमन्त्री ओली केहीबेर साइकल चढेर अभियानमा सहभागी हुनुभएको थियो ।

मन्त्री पासवानले मुलुकले इन्धन आपूर्तिको सङ्कट खेपिरहेका बेला सो अभियानले राष्ट्रिय स्वाभिमान र राष्ट्रिय अर्थतन्त्रलाई टेवा दिने बताउनुभयो ।

उहाँले नेपाली काँग्रेसका सभापति सुशील कोइराला, एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाललाई पनि सोही प्रकारका साइकल हस्तान्तरण गरिने जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ