काठमाडौ १४ पौष । नेकपा एमाले सर्लाही जिल्ला कमिटीका सदस्य रामनरेश रायको आज बिहान हत्या भएको हो ।
आज बिहान मर्निङ वाकमा जानु भएका ६२ वर्षीय रायको हेमपुर गाविस वडा नम्बर ७ मा खुर्सानीको धूलो छर्केर धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।
हेमपुर गाविसका दुईपटक निर्वाचित अध्यक्ष तथा जिल्ला विकास समिति सदस्य रहिसक्नु भएका राय पछिल्लो पटक पार्टीको निर्णय बमोजिम मधेसमा संविधानबारे जनतालाई बुझाउने अभियानका क्रममा सर्लाहीमा हुनुहुन्थ्यो ।
हत्याको कारण खुल्न सकेको छैन । रायको हत्या रहस्यमय रहेको एमाले सर्लाही जिल्ला कमिटी सदस्य गणेश प्रसाईले बताउनुभयो । घटनाको बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
यसैबीच एमाले सचिव योगेश भट्टराईले विज्ञप्ति जारी गर्दै हत्याको अनुसन्धान गरी दोषीमाथि कडा कारवाहीको माग गर्नुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline