काठमाडौ १४ पौष ।
आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ताले गएराति रौतहटको गरुडामा दुई वटा ट्रकमा आगजनी गरेका छन् ।
बन्दको अवज्ञा गरेको भन्दै रौतहतको गरुडाबाट ईट्टा बोकेर चन्द्रनिगाहपुर तर्फ जादै गरेको दुई ओटा ट्रकमा मोर्चाका कार्यकर्ताले पेट्रोल छर्केर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
आगजनीबाट ना ५ ख १६७० र ना ४ ख ४६०५ नम्बरको ट्रक पूर्ण रुपमा क्षति भएको डिएसपी राजेन्द्र पोखरेलले बताउनुभयो ।
घटनाको जानकारी पाए पछि ईलाका प्रहरी कार्यालय गरुडाबाट गएको प्रहरी टोलीले आगो निभाएको थियो । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline