एक साता भित्र भूकम्प पिडितलाई १० हजार दिन निर्देशन

एक साता भित्र भूकम्प पिडितलाई १० हजार दिन निर्देशन

  • मङ्लबार, पुस १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौ १४ पौष । 

अख्तियार दुरुपयोग हनुसन्धान आयोगले भूकम्प पिडितलाई एक साता भित्र राहत उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । चिसोका कारण भूकम्प पिडितको अवस्था कष्टकर बन्दै गएको भन्दै आयोगले यस्तो निर्देशन दिएको हो ।

आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गृह, स्थानीय विकास, स्वास्थय, आपूर्ति मन्त्रालय र सुरक्षा निकायका प्रमुखलाई बोलाएर दु्रत गतिमा राहत प्रदान गर्न निर्देशन दिएको हो ।

चिसोका कारण धादिङ, गोरखा, ललितपूर, दोलखा, रसुवा लगायत जिल्लामा भूकम्प पीडितको निधन भएकोप्रति चासो व्यक्त गर्दै आयोगले न्यानो कपडा किन्न सरकारले दिने भनेको १० हजार रुपैयाँ सात दिन भित्रमा उपलब्ध गराउन निर्देशन दिएको छ ।

तत्कालका लागि न्यानो कपडा किन्न सरकारले भूकम्प पीडितलाई १० हजार रुपैयाँ उपलब्ध गराउने भनेर जिल्ला जिल्लामा रकम पठाएपनि अझै पिडितहरुले पाउन नसकेको गुनासो आइरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ