भन्सार कार्यालयमा एक हजार थान त्रिपाल अलपत्र

भन्सार कार्यालयमा एक हजार थान त्रिपाल अलपत्र

  • सोमवार, पुस १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाण्डौ,१३ पौष ।

नेपालगन्ज भन्सार कार्यालयमा एक हजार थान त्रिपाल अलपत्र परेका छन् । भूकम्पपीडितका लागि भारतबाट नेपालगन्ज नाका हुँदै भित्र्याइएका करिब एक हजार थान त्रिपाल भन्सार कार्यालयको खुल्ला चौरमा पाँच महिनादेखि थन्किएको हो ।

लामो समयदेखि खुला चौरमा थन्काइएका त्रिपाल बिग्रने अवस्थामा पुगेपनि प्रभावित क्षेत्रमा पठाउनेतर्फ कुनै पहल भएको छैन ।

सरकारी निकायको लापरबाहीका कारण प्रभावित क्षेत्रका भूकम्पपीडित परिवार शीत छेक्ने एकसरो त्रिपालसम्म नपाएर चिसोमा कष्टकर अवस्थामा रात बिताउन बाध्य भइरहेका बेला भन्सार कार्यालयमा एक हजार थान त्रिपाल त्यसै थन्किएका छन् ।

सरकारले भूकम्प प्रभावितका लागि भारतबाट त्रिपाल आयात गर्दा भन्सार छुट दिने समय सकिएको दुई दिनपछि नेपाल भित्रयाइएको कारण भन्सार छुट नपाएपछि त्रिपाल आयात गर्ने संस्थाले त्रिपाल त्यत्तिकै छाडेर गएको र हालसम्म सम्पर्कमा नआएको भन्सार कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ