जनकपुरमा प्रहरी चौकीमा पेट्रोल बम प्रहार, २ गम्भीर घाइते

जनकपुरमा प्रहरी चौकीमा पेट्रोल बम प्रहार, २ गम्भीर घाइते

  • सोमवार, पुस १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाण्डौ,१३ पौष ।

जनकपुरको जानकी चोकमा प्रहरी र मोर्चाका कार्यकर्ताबिच झडप भएको छ । राजेन्द्र महतो घाइते भएको विरोधमा मधेसी मोर्चाका कार्यकर्ताहरुले प्रदर्शन गर्दै जानकी चोकमा रहेको प्रहरी चौकीमा पेट्रोल बम प्रहार गरेका छन ।

बम प्रहारपछि भएको झडपमा जनकपुरका जितेन्द्र ठाकुर र जलेश्वरका मनिष भण्डारी गम्भीर घाइते भएका छन् । उनीहरुको जनकपुर अन्चल अस्पतालमा उपचार भैरहेको छ ।

प्रहरीले चार जना आन्दोलनकारीलाई नियन्त्रणमा समेत लिएको छ । जानकी चोकको प्रहरी चौकीमा पेट्रोल बम प्रहार गरेको र सार्बजनिक सम्पत्ति तोडफोडमा संलग्न भएको भन्दै उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ