मापदण्ड नपुगेका अठ्ठाइस ट्रक विस्थापित

मापदण्ड नपुगेका अठ्ठाइस ट्रक विस्थापित

  • सोमवार, पुस १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

पोखरा, १३ पुस ।

गण्डकी ट्रक यातायात व्यवसायी सङ्घले यस वर्ष सरकारबाट निर्धारित मापदण्ड नपुगेका २८ वटा ट्रकलाई विस्थापित गरेको छ ।

सरकारको नीतिबमोजिम वातावरणीय प्रदूषण बढाउने २० वर्ष नाघेका ट्रकका साथै अन्य विभिन्न कारणबाट सञ्चालनमा ल्याउन नसकिने २८ वटा ट्रकलाई विस्थापित गरिएको सङ्घका अध्यक्ष लीलाधर बरालले जानकारी गराउनुभयो ।

उहाँका अनुसार सङ्घमा आबद्ध लामो तथा छोटो दूरीका गरी हाल ९५७ वटा ट्रक सञ्चालन हुँदै आएका छन् । जसमध्ये ३३३ मिनी ट्रक, १७५ स्थानीय र लामो दूरीका ४४२ रहेका छन् ।

विस्थापित ट्रकका लागि प्रतिट्रक रु दुई लाखका दरले व्यवसायीलाई राहत सहयोग प्रदान गरिने बरालले बताउनुभयो । सङ्घले विस्थापन राहत कोषका लागि सङ्घमा आबद्ध व्यवसायीबाट प्रतिट्रक रु ३०० प्रतिमहिना सङ्कलन गर्दै आएको छ ।

हाल सङ्घमा आबद्ध ट्रकमा प्रत्यक्ष रुपमा एक हजार ९१४ जनाले प्रत्यक्ष रोजगार पाएको र ढुङ्गा बालुवा खानीमा काम गर्ने धेरै मजदुर अप्रत्यक्ष रुपमा लाभान्वित भएको सङ्घका निवर्तमान अध्यक्ष कृष्णहरि जिसीले जानकारी दिनुभयो । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ