म्याग्दी, १३ पुस ।
म्याग्दीको एक सामुदायिक वनले वन क्षेत्रमा हुने चोरी सिकारीलाई नियन्त्रण गर्न अभियान सुरु गरेको छ ।
निस्कोट गाविस – १ मा पर्ने देउराली धारा अधँेरी खोल्सा सामुदायिक वन उपभोक्ताको आइतबार बसेको भेलाले उक्त निर्णय गरेको हो ।
वन उपभोक्ता समितिका अध्यक्ष जीवलाल जैसीको अध्यक्षता बसेको भेलाले सामुदायिक वन क्षेत्रभित्र विभिन्न्न वन्यजन्तु सिकार हुने गरेकाले यस्ता गतिविधि नियन्त्रण गर्ने निर्णय गरेको हो ।
पछिल्लो समय वन क्षेत्रभित्र भइरहने विभिन्न वन्यजन्तु चोरी सिकारी नियन्त्रण गर्ने उद्देश्यले इलाका वन कार्यालय र इलाका प्रहरीचौकी दरबाङलाईसमेत चोरी सिकारी नियन्त्रणका लागि सहयोग गर्न अनुरोध गरिएको स्थानीय भविलाल पुनले जानकारी दिनुभयो। रासस
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline