काठमाण्डौ,११ पौष ।
कम्युनिष्ट आन्दोलनका चर्चित तथा चिनियाँ साम्यवादी नेता माओत्सेतुङको १ सय २३ औं जन्मोत्सव आज विश्वभर मनाइएको छ । नेपालका ३ माओवादी पार्टीहरूले पनि छुट्टा छुट्टै कार्यक्रम गरि माओको सम्झना गरेका छन ।
चीनको ऐनानमा सन् १८९३ डिसेम्बर २६ का दिन जन्मेका माओको मृत्यु १९७६ सेप्टेम्बर ९ तारिखका दिन भएको थियो । बिश्व कम्युनिष्ट बिचारका प्रवर्तकहरुमा माओलाई एक महान् दार्श्निकका रुपमा मानिन्छ । माओ जनवादी गणतन्त्र चिनका संस्थापक पिता हुन् ।
गरीब मजदुर किसानहरुलाई एक बनाई उनीहरुको शासन व्यवस्था ल्याउन सकिन्छ भन्ने माओको बिचारमा पाइन्छ । उनले चीनमा आफ्नो बिचारको व्यवहारिक प्रयोगगरी गरीबको राज्यसत्त्ता ल्याएका थिए ।
माओको नेतृत्वमा सन् १९४९ मा चीनमा जनवादी गणतन्त्र स्थापना भएको थियो । विश्व कम्युनिष्ट आन्दोलनका प्रवर्तक माक्र्स, र लेनिने विकाश गरेका थिए । सिद्धान्तलाई माओले चिनमा सिर्जनात्मक प्रयोग गरेर थप सम्बृद्ध पारेको छन् । नेपालका कम्युनिष्ट पार्टीहरुले माओ विचारधारालाई अगांले पनि एकै ठाउमा भने उभिन सकेका छैनन् ।
नेपालमा माओको सिद्धान्त अंगाल्दै १० बर्षे जनयुद्ध गरेको माओवादी पार्टी पनि बिभाजन हुने क्रम रोकिएको छैन । पार्टी शान्तिप्रक्रियामा आएसँगै टुक्रिएर जनयुद्धका क्रममा मुख्य भुमिकामा रहेका शिर्ष नेताहरु मोहन बैद्य , नेत्रविक्रम चन्द लगायतले छुट्टै पार्टी बनाएका थिए ।
सो पार्टीबाट पनि केहि समयमा नै नेत्रविक्रम चन्द लगायतका नेताहरु बाहिरिएर अहिले अकै पार्टि निर्माण गरेका छन् । एमाओवादीमै रहदै आएका डा बाबुराम भट्टराई लगायतका नेताहरु पनि केहि समय अघि मात्रै पार्टीबाट अलग्गीएर नयाँ शक्ति गठन गर्दै हिडेका छन् ।
अन्य कम्युनिष्ट पार्टीहरु पनि समय समयमा बिभिाजित हुदै आएका छन । नेपालका कम्युनिष्ट पार्टीहरूले पनि छुट्टा छुट्टै कार्यक्रम गरि माओको सम्झना गरेका छन छन ।
यसैबीच विप्लव नेतृत्वको नेकपा माओवादीले देशभर विविध कार्यक्रमको आयोजना गरि माओको सम्झना गरेको छ । काठमाडौंको सम्बाद डबलीमा पनि अन्र्तक्रिया गोष्ठि गरियो भने, न्यु रोडमा जिल्ला समितिले भव्य कार्यक्रम गरेको थियो ।








