मोर्चाको मागबारे प्रधानमन्त्री र एमाओवादी अध्यक्ष दाहालबीच छलफल जारी

मोर्चाको मागबारे प्रधानमन्त्री र एमाओवादी अध्यक्ष दाहालबीच छलफल जारी

  • आइतवार, पुस १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौ ,१२ पुस ।
प्रधानमन्त्री केपी ओली र एकीकृत माओबादीका अध्यक्ष पुुष्पकमल दाहालबीच आन्दोलनरत मधेसी मोर्चाका माग सम्बोधनबारे छलफल भईरहेको छ ।

बालुवाटारमा जारी बैठकमा मोर्चाले उठाएका मागबारे सरकारमा सहभागी मुख्य दलको साझा धारणा बनाएर अघि बढ्ने बिषयमा छलफल भईरहेको छ ।

प्रमुख प्रतिपक्षी कंग्रेस र मोर्चासंग हिजो छलफल गरेका अध्यक्ष दाहालले आज प्रधानमन्त्री ओलीलाइ भेटन लाग्नुभएको हो । बैठकमा आज सरकारको धारणा आएपछि थप छलफल अघि बढाउने सहमति भएको थियो ।

प्रतिपक्षी दलसंग एकिकृत माओबादीले साझा धारणा बनाउन प्रयास गरेपछि सरकारको नेतृत्व गरेको दल एमालेलाइ दवाव बढेको छ ।

आज दिनभर हुने द्धिपक्षीय र त्रिपक्षीय छलफल सकारात्मक भए मोर्चाका माग सम्बोधनका लागि कार्यदल गठनको तयारी भएको छ ।
संसदमा पेश भएको संबिधान संशोधन बिधेयकको भाषा परिमार्जन गरी अघि बढाउने र सिमाङकन परिमार्जन लगायतका बिषयमा छलफल जारी राख्नेबारे छलफल केन्द्रित छ । मधेसी मोर्चाले भने सिमाङकन परिमार्जनको बिषय पनि अहिलेनै समाधान गर्नुपर्ने अडान राख्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ