सबस्टेसनमा भीषण आगलागी

सबस्टेसनमा भीषण आगलागी

  • शनिबार, पुस ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

2015-12-26 14:33

गोलबजार (सिरहा), ११ पुस । लहान नगरपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेशनमा भर्खरै मात्र भीषण आगलागी भएको छ ।

आगलागी नियन्त्रणका लागि लहान नगरपालिकाको वारुणयन्त्र घटनास्थल पुुगेको छ । नेपाली सेना, नेपाल नेपाल र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी आगो नियन्त्रणमा लिने प्रयासमा जुटिरहेका छन् । आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

आगलागी भीषण भएका कारण नियन्त्रणमा लिन समस्या भइरहेको सबस्टेसनका कर्मचारी प्रदीप गोइतले जानकारी दिनुुभयो । आगलागी कसरी भयो भन्ने बारेमा केही खुल्न सकेको छैन । तर विद्युत चुहावट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । अहिले लहान लगायत क्षेत्रमा विद्युत् लाइन काटिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ