काठमाडौ ११ पौष ।
झापाको शनिश्चरेस्थित सशस्त्र प्रहरी बेसक्याम्पका लागि झापाका समाजसेवी भगीरथ लुइँटेल र पृथ्वी बुढाथोकीले झन्डै ७५ लाख मूल्य बराबरको जग्गा दान गर्नुभएको छ ।
सशस्त्र प्रहरी बेस क्याम्पमा एक कार्यक्रममा शनिअर्जुन नगरपालिका–७ निवासी लुइँटेल र सोही नगरपालिका–१ निवासी बुढाथोकीले शनिअर्जुन नगरपालिका–१ स्थित सातपत्रेमा रहेको पाँच कट्ठा जग्गा प्रदान गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताउनुभयो ।
भाडाको घरमा बस्दै आएको प्रहरीका लागि आफ्नै भवन निर्माण गर्न आफुहरुले सहयोगस्वरुप जग्गा दान गरकोे समाजसेवी लुईटेल र बुढाथोकीले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline