धरानमा चासोक तङनाम सास्कृतिक उत्सव २०७२ सुरु

धरानमा चासोक तङनाम सास्कृतिक उत्सव २०७२ सुरु

  • शुक्रबार, पुस १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

धरान,१० पुस । लिम्बू जातिको भाषा र संस्कृति जगेर्ना गर्ने र जातीय उत्थानको लागी मौलीक पर्व चासोक तङनाम उत्सव २०७१२ धरानमा सुरु भएको छ ।
धरान १५ स्थित चुम्ल¨ हिममा पुस १० देखि १४ गते सम्म हुने उत्सवमा लोप हुन लागेका विभिन्न आदिवासी जनजातीहरुको भाषा र संस्कृति आदान प्रदान गर्ने अवसर जुट्ने किरँत याक्थुङ चुम्लुङ धरान नगर समितिका अध्यक्ष सुवासचन्द्र हुक्पा चोङवाङले जानकार िदिनु भयो ।
पश्चिमी संस्कृतिमा रमाउन थालेका नया“ पुस्तालाई मौलिकपनको बारेमा जानकारी गराउदै भाषा, लिपी, संस्कार, संस्कृति र पेशालाई व्यवसायिक बनाई पुस्ता हस्तान्तरण गर्ने अभियानको रुपमा चासोक तङनामलाई मनाउने गरिएको उहाले जानकारी दिनुभयो ।
लिम्बु जातीको परम्परागत सँस्कृतिक खेलहरु खेङ तेमा, थाक्थाक्मा, पक्लुङ लेप्मा, तोङ आप्मा, लि.आप्माका साथै साँस्कृतिक कार्यक्रमहरु पनि रहेको आयोजकले जनाएको छ ।
मंसीरे पुर्णीमाको दिनमा गरिने चासोक पुजालाई लिम्बु जातिहरु तङनामको रुपमा लिइने गरेको बतर्इाएको छ ।
मौलिक चाडहरुलाई सामाजिकीकरण गर्ने क्रममा किरात याक्थु¨ चुम्लु¨ले पनि चासोकलाई प्रमुख चाडको रुपमा मनाउने निर्णय गरेकोले ०५० सालदेखि मनाउन थालिएको अध्यक्ष चोङवाङले बताउनु भयो ।
सोही समयदेखि चुम्लुङले निरन्तर रुपमा प्रत्येक वर्ष ऐतिहासिक रुपमा पुर्वका नौ जिल्लाका सबै गाउ“, नगर शाखा काठमाण्डौ उपत्यकामा मनाउन थालिएको हो ।
लिम्बुहरुले आरु फुल्ने यामलाई उभौलि र पैयु फुल्ने यामलाई उद्यौलि सुरु भएको परम्परागत विश्वास रहिआएको छ ।
उभौलि याममा खेति लगाइएको अन्नबालिको बिउबिजन सप्रियोस् भनी प्रकृति देवीलाई आशिर्वाद माग्न यक्वा पुजा गरिन्छ भने लगाएको बाली प्रकृति देवीको कृपाले फलेर पाकेको हुनाले आफुले खानु भन्दा पहिले देविलाई नै चढाएर मात्र खाने चलन लिम्बुहरुमा रहेको हुनाले उद्यौली याममा चासोक पुजा गर्ने चलन रहेको छ ।
चोम्वाङका अनुसार यो पुजा गर्दा लगाएको अन्नबालीमा किरा, चरामुसा नलाग्ने र बाली सप्रिनेमा लिम्बुहरु विश्वास गर्नै गरेको बताईन्छ   ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ