महोत्तरीका हाटबजार खुल्न थाले

महोत्तरीका हाटबजार खुल्न थाले

  • शुक्रबार, पुस १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाण्डौ,१० पौष ।

लामो समयदेखिको बन्दले जनजीवन अस्तव्यस्त हुन थालेपछि महोत्तरीका हाटबजार खुल्न थालेका छन् ।

विगत चार महिना बढीदेखि बन्द रहेको जिल्ला सदरमुकाम जलेश्वरसहित गौशाला, मटिहानी, सम्सी, मनरा, सरपल्लो, बलवा, भ्रमपुरा, औरहीसहित गाउँका हाटबजार विस्तारै सञ्चालनमा आउन थालेका छन् ।

तराई मधेस आन्दोलनले देश अस्तव्यस्त बने पनि समाधानका लागि गरिएका वार्ता र पहल सार्थक नहुँदा चार महिना बढीदेखि आन्दोलनमा समर्थन र सक्रियता देखाउँदै आएका व्यापारी तथा स्थानीय बासिन्दाले निरास भई आ–आफ्ना व्यापार तथा कामकाज सूचारु गरेका छन् ।

सदरमुकाम जलेश्वरसहित सहरी र गा्रमीण क्षेत्रका सबै विद्यालय, क्याम्पस, हाटबजार, कलकारखाना, सङ्घ संस्था तथा निजी कार्यालय पनि पूर्णरुपमा सञ्चालनमा आइसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ