आगलागि हुँदा बृद्धको मृत्यु

आगलागि हुँदा बृद्धको मृत्यु

  • शुक्रबार, पुस १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाण्डौ, १० पुस ।

रामेछापको दुगारागाउँ गाविस ६ कोलबोटमा ९३ वर्षीय बृद्धको आगलागिमा जलेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गएराति १ बजे तिर खरले छाएको गोठ नजिकै हालेको पालमा सुतेका लालबहादुर थापाको मृत्यु भएको हो । थापाको अधिकांश शरिरका भाग जलिसकेको बताईएको छ । आगोले पालको छाप्रो र नजिकैको गोठ दुवै जलेर नष्ट भएका छन् ।

थापा परिवारमा एक्लै रहेका थिए । विवाह गरेर दुरागाउँकै अर्को टोलमा दिएका दुई छोरीले कहिलेकाहिँ आएर हेरचाह गर्ने गरेको स्थानियले बताएका छन् । राति आगो कसरी लाग्यो भन्ने कुरा रहस्यमय भएको घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ