काठमाडौ १० पौष ।
नेपाल विद्युत प्राधिकरणले आजदेखि लागु हुने गरी लोडसेडिङ पुन ः बढाएको छ । प्राधिकरणको नयाँ तालिका अनुसार अब सातामा ७७ घण्टा लोडसेडिङ हुनेछ । यसअघि सातामा ७० घण्टा लोडसेडिङ हुँदै आएको थियो ।
भूकम्पबाट क्षति भएका विद्युत गृह अझै संचालन हुन नसकेको तथा नदीमा पानीको स्तर घट्ने क्रम तीब्र भएको भन्दै प्राधिकरणले सातामा थप सात घण्टा लोडसेडिङ बढाएको हो ।
नयाँ तालिका अनुसार प्राधिकरणले अत्यधिक विद्युत खपत हुने समयमै बढीमात्रामा विद्युत आपूर्ति कटौतीको व्यवस्था गरेको छ । यसले गर्दा विद्युतीय माध्यमबाट खाना पकाउँदै आएका उपभोक्ता बढी मारमा पर्ने देखिन्छ ।
यसअघि गत पुस ४ गते मात्र लोडसेडिङ बढाएको प्राधिकरणले एक साता नबित्दै पुनः लोडसेडिङ बढाएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
