इलामको चुलाचुलीमा सरकारी घुम्ती शिविर सुरु

इलामको चुलाचुलीमा सरकारी घुम्ती शिविर सुरु

  • बिहिबार, पुस ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ ९ पौष ।  इलामको दक्षिणी चुलाचुलीमा आजदेखि सरकारी घुम्ती शिविर सुरु भएको छ ।

दुईदिनसम्म सञ्चालन हुने शिविरमा नागरिकता, मतदाता परिचयपत्र, अपाङ्गता परिचयपत्र वितरण गरिनुका साथै जिल्लास्थित विषयगत कार्यालयबाट प्राप्त हुने सबै सेवा एकैठाउँबाट वितरण गरिने सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागोले बताउनुभयो ।

चुलाचुली, बाँझो, साकफारा र महमाई गाविसका बासिन्दालाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा जिल्ला स्वास्थ्य कार्यालय र नेपाली सेनाले उपचार सेवा प्रदान गर्ने, कृषि, पशुसेवा, टेलिकम, मालपोत, नापी, नेपाल विद्युत् प्राधिकरणलगायत सरकारी कार्यालयबाट विभिन्न सेवा प्रदान गरिनेसमेत उहाँले जानकारी दिनुभयो ।

विगतमा सञ्चालन गरिएको शिविरभन्दा पृथक ढङ्गले आयोजना गरिएको शिविरमा सरकारी कार्यालयका प्रमुखहरूसँग स्थानीय बासिन्दाको अन्तक्र्रियासमेत आयोजना गरिएको छ । जिप्रकाले समेत ट्राफिक व्यवस्थापनलगायत विभिन्न सचेतनामूलक सन्देशसमेत प्रदान गरिने बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ