उपत्यकासहित देशभर हिजो भन्दा आज झन चिसो

उपत्यकासहित देशभर हिजो भन्दा आज झन चिसो

  • बिहिबार, पुस ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौ ९ पौष ।  

काठमाडौं उपत्यकासहित देशभर हिजोको तुलनामा आज झन चिसो बढेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम दुई वर्ष यता कै कम मापन गरिएको छ । बुधबार शून्य दशमलव ९ डिग्री रहेकोमा आज शून्य दशमलव ८ डिग्रीमा झरेको महाशाखाले जनाएको छ ।

सन् १९७७ डिसेम्बरमा काठमाडौंको तापक्रम माइनस २ डिग्रीमा झरेको थियो । महाशाखाका अनुसार देशका अन्य स्थानको तापक्रम पनि घट्दै गएको छ । जुम्लाको तापक्रम माइनस ८ दशमलव ४ डिग्री र जीरीको माइनस ३ दशमलव ७ डिग्री मापन गरिएको छ ।

अहिलेको अवस्था हेर्दा अझै केहीदिन तापक्रम घट्दै जाने सम्भावना रहेको मौसमविद बरुण पौडेलले बताउनुभयो । चिसो बढेसँगै विभिन्न रोगको जोखिम बढ्ने भएकाले पूर्व सावधानी अपनाउन चिकित्सकको सुझाव छ ।

चिसो मौसममा रुघाखोकी, निमोनिया, दम, हृदयाघात, उच्च रक्तचाप लगायत समस्या आउने भएकाले बिहानीपख र बेलुका विशेष ध्यान दिन चिकित्सकले सुझाव दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ