प्रधानमन्त्री र एमाओवादी अध्यक्ष दाहालबीच भेटवार्ता

प्रधानमन्त्री र एमाओवादी अध्यक्ष दाहालबीच भेटवार्ता

  • बुधबार, पुस ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौ ८ पौष । मुलुकको समसमायिक राजनितिक परिस्थिति र जारी गतिरोध अन्त्यका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गर्नुभएको छ ।

संसदमा पेश भएको संविधान संशोधन विधेयक र आन्दोलनरत मोर्चासँग प्रस्तुत गरेको तीन बुँदे प्रस्तावका विषयमा साझा धारण बनाउन प्रधानमन्त्री ओलीले एमाओवादी अध्यक्ष दाहालसँग छलफल गर्नुभएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै एक घण्टा भएको भेटमा संसद सन्चालन र आन्दोलन मधेश केन्द्रित दलको मागका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारले तराई मधेश आन्दोलनलाई सम्बोधन गर्ने भन्दै अघि सारेको प्रस्ताव अपुरो भन्दै मोर्चाले अस्विकार गरेपछि प्रधानमन्त्री ओली परामर्शमा जुट्नु भएको हो ।

यसैविच प्रधानमन्त्री केपीशर्मा ओलीले देश र जनताको हितका लागि आफू अधिकतम लचक हुन तयार रहेको बताउनु भएको छ ।

सन्त नेता स्व. कृष्णप्रसाद भट्टराईको ९२ औं जन्मजयन्तीको अवसरमा आज ललितपुरको बाडेगाउँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वार्ता र संवादबाटै राजनैतिक समस्या सुल्झाउन सरकार लागि परेको बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले स्व. भट्टराईको पूर्ण कदको प्रतिमा अनावरण गर्नुभएको थियो । उहाले भट्टराई निडर र लोभ, लालच नभएको, सत्यको पक्षमा अडिग चरित्रवान् नेता भएको स्मरण गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ