भारतको विज्ञप्तिलाई गलत ब्याख्या गरेर सत्तापक्षिय नेताहरुले भ्रम फैलाउन खोजेको गठवन्धनको भनाई

भारतको विज्ञप्तिलाई गलत ब्याख्या गरेर सत्तापक्षिय नेताहरुले भ्रम फैलाउन खोजेको गठवन्धनको भनाई

  • बुधबार, पुस ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

राजविराज, ०८ पौष । संघिय समावेशी मधेशी गठवन्धनका शिर्ष नेताहरुले भारतले दुई दिनअघि जारी गरेको प्रेस विज्ञप्तिलाई सत्ता पक्षिय नेताहरुले आफनो अनुकुल ब्याख्या गरेको भन्दै त्यस्तो गलत ब्याख्याको पछाडि नलागी अझ उत्साहका साथ आन्दोलनमा सहभागी हुन मधेशी जनतालाई आग्रह गरेका छन् ।
वुधवार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी गठवन्धन आवद्ध दल राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष सरदसिंह भण्डारीले भने–‘भारतको विदेश मन्त्रालयद्वारा अग्रेजी भाषामा जारी प्रेस विज्ञप्तिलाई आफनो अनुकुल ब्याख्या गरेर सत्ता पक्षिय नेताहरुले मधेश आन्दोलन कमजोर वनाउने षडयन्त्रमा लागेका छन्, त्यसैले त्यस्तो भ्रममा नपरी निर्णायक आन्दोलनलाई लक्षमा पु¥याउन अझ उत्साहका साथ सहभागि हुन सवै कार्यकर्ता र मधेशी जनतालाई आग्रह गर्दछु ।’
नेपाल सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष अनिलकुमार झाले भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा स्पष्ट रुपमा मधेशमा जारी आन्दोलनलाई वार्तावाटै समाधान गर्नुपर्नेमा जोड दिदै वर्तमान सरकार उक्त समस्या समाधान गर्न सफल होस भनी कामना गरेको भन्दै विज्ञप्तिको मुलमर्म र सन्देश नै नवुझि सत्ता पक्षका नेताहरु मधेशमा जारी आन्दोलनलाई निस्तेज वनाउन भ्रामक प्रचारवाजीमा उत्रेको आरोप लगाए ।

त्यस्तै फोरम गणतान्त्रीकका राष्ट्रिय अध्यक्ष राजकिशोर यादवले छिमेकी राष्ट्रले के के भन्यो भन्नेतिर लाग्नुभन्दा पनि वर्तमान सरकार मधेशमा जारी आन्दोलनको समधानतर्फ वढि केन्द्रित हुनुपर्ने वताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ