डिजेल र पेट्रोलबाट चल्ने गाडीको आयात घटाउन संसदीय विकास समितिको निर्देशन

डिजेल र पेट्रोलबाट चल्ने गाडीको आयात घटाउन संसदीय विकास समितिको निर्देशन

  • बुधबार, पुस ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

८ पुस, काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले डिजेल र पेट्रोलबाट चल्ने सवारी साधनको आयात घटाइ विद्युतबाट चल्ने साधनलाई प्रवर्द्धन गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिले आज उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री विजयकुमार गच्छदार, विज्ञान मन्त्रालयका सचिव डा.कृष्णचन्द्र पौडेल, काठमाडौ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङ लगायतलाई बोलाएर छलफल गरी विद्युतबाट चल्ने सवारी साधनलाई प्रवर्द्धन गर्न निर्देशन दिएको हो ।

समितिले भारतको नाकाबन्दीका कारण डिजेल र पेट्रोलको अभाव हुँदा सवारी साधन सहजरुपमा चल्न नसकेको सन्दर्भमा विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गर्न निर्देशन दिएको समितिका सभापति रविन्द्र अधिकारीले जानकारी दिनसभयो ।

समितिले हालको सार्वजनिक यातायात अव्यवस्थित भएको भन्दै सेवाग्राहीले लाभ पाउने गरी स्वच्छ वातावरणमा चुस्त व्यवस्थापनसहित सार्वजनिक यातायात संचालन गर्न पनि निर्देशन दिएको छ । समितिले हाल पेट्रोल र डिजेलबाट चलिरहेका सवारी साधनलाई विद्युतीय उर्जाबाट चल्ने बनाउने सम्बन्धमा आपसमा समन्वय गरेर काम गर्न भौतिक पूर्वाधार, उर्जा र विज्ञान मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकमा समितिले निर्देशन दिनुपहिले उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री विजयकुमार गच्छदारले सरकारमा आगलागी भएपछि इनार खन्ने प्रवृत्ति हावी रहेको बताए । उनले सरकारले दीर्घकाललाई ध्यान दिएर काम नगर्ने गरेको परिणाम इन्धनको अभाव हुँदा मुलुकको सबै क्षेत्र प्रभावित भएको भन्दै अहिलेको घटनाबाट पाठ सिकेर काम गर्नुपर्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ