७ पुस, काठमाडौँ । सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले सरकार संविधानबाट जारी संविधानको जगबाट नझुकेर मधेसको समस्या समाधान गर्न तयार रहेको बताए । ‘संविधानको जगभन्दा दायाँबायाँ हुने, झुक्ने काम सरकारबाट हुँदैन, सरकार मधेस आन्दोलनलाई विधिसम्बत रुपमा समाधान गर्न तयार छ’ मन्त्री राईले भने । आइसिटी पत्रकार विकास मञ्चको पाँचौँ वार्षिक उत्सवमा बोल्दै मन्त्री राईले सो कुरा बताएका हुन् ।
मन्त्री राईले देशको स्वातन्त्रता, राष्ट्रिय स्वाधिनता, स्वाभिमान र सार्वभौम अधिकारको जगमा सरकार उभिएको बताउँदै मधेसको समस्या समाधान गर्ने बहानामा सरकार नझुक्ने बताए । उनले सरकार अधिकतम लचाकताकासाथ वार्तामा बस्न तयार भएको बताए ।
‘भारतले गरेको नाकाबन्द अब छिट्टै खुल्नेछ,’ मन्त्रीलाई अगाडि भने, ‘सरकार र प्रतिपक्ष र मधेस आन्दोलनसँग आवद्ध दलहरुबीच निर्णयक वार्ताको तयारी भइरहेको छ, समस्या समाधान नभएसम्म हामी वार्ताबाट उठ्दैनौँ ।’
मन्त्री राईले सरकार अलमलमा नभएको बताउँदै विकास र समृद्धिको कार्ययोजनासहित अगाडि बढिरहेको बताए । एक अर्को प्रसंगमा मन्त्री राईले नाकाबन्दले सञ्चार क्षेत्रले भोग्नु परेको संकटलाई कम गर्न आफू लागेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेस सांसद जगदिश्वर नरसिंह केसीले सरकार जनताले भागिरहेको संकटको समाधान गर्नेभन्दापनि सरकार आफ्नो कुर्सी जागाउन लागेको बताए । उनले गैरजिम्मेवार भएर नाकाबन्द र मधेस आन्दोलनलाई समाधान गर्नुभन्दा उत्तेजित बनाउने कार्यमा लागेको बताए ।
आइसिटी पत्रकार विकास मञ्चले एमनेष्टिक इन्टरनेश्नको अध्यक्ष सूर्यबहादुर अधिकारी, पत्रकार प्रेम बानियाँ राष्ट्रिय प्रेस क्लबका अध्यक्ष रामकृष्ण कर्मचार्य, कलाकार श्रीकृष्ण सिंखडा, नेपाल पर्यटन बोर्डका सदस्य राजेन्द्र सापकोटा, पर्यटन व्यवासयी तथा निटका अध्यक्ष दिपक महत, नेपाल उद्योग वाणिज्य महासंघको कमोडिटी काउन्सिल अध्यक्ष विप्लवमान सिंह लगायतलाई सम्मान गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline