पौष ७, काठमाडौं ।
प्रतिपक्षी दल नेपाली कंग्रेसले आन्दोलनरत मधेसी मोर्चालाई सीमाकंन परिवर्तन सहितका बिषयमा प्याकेज सहमतिका लागि आग्रह गरेको छ ।
सरकारसँगको वार्ता टुटेपछि प्रतिपक्षीसँग छलफलमा जुटेको मोर्चालाई कंग्रेसले संविधान संसोधन विधेयक पारित गरेर अन्य बिषय मिलाउन सकिने विकल्पका लागि आग्रह गरेको हो ।
कंग्रेस उपसभापति रामचन्द्र पौडेलले आफूहरुले मोर्चाका नेतालाई संसोधन विधेयकमा एकमत भएर अघि बढ्न आग्रह गरेको बताउनुभयो ।
उहाँका अनुसार मोर्चाले सीमाकंनको बिषय नमिली सहमति हुन नसक्ने धारणा राखेको छ ।
सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले कंग्रेससँग प्याकेजमै सहमति खोज्नुपर्ने पहलमा छलफल भएको बताउनुभयो ।
कांग्रेससँगको छलफलमा मधेसी मोर्चाका नेताले प्रदेश र नागरिकताको बिषयमा सहमति भए गतिरोध अन्त्य हुन सक्ने धारणा राख्दै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline