काठमाडौ ५ पौष ।
नवलपरासीमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
सेमरीबाट बर्दघाटतर्फ आउँदै गरेको लु १ त ६१५ नम्बरको ट्याक्टर दाउन्नेदेवि गाविस अन्तरगत भित्री सडक खण्डमा दुर्घटना हुँदा बर्दघाट पाँचका १६ वर्षीय अञ्जु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा थप चार जना घाइते छन् । दुर्घटनामा गम्भिर घाइते भएका चौधरीको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटबलमा मृत्यु भएको नवलपरासी प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline