काठमाडौ ४ पौष ।
बाजुरा केन्द्रविन्दु भएर ५ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । आज बिहान ४ बजेर २ मिनेटमा बाजुराको जगननाथ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
सुदुरपश्चिम र मध्य पश्चिमसहित कास्की, गुल्मी, बाग्लुङ, पाल्पा लगायतका पश्चिमका जिल्लामा यसको धक्का महशुस गरिएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।
एक्कासी भूकम्पको धक्का महसुस गरेपछि सुतिरहेकाहरु घर बाहिर निस्केका थिए । क्षतिको विवरण भने अहिलेसम्म केही नआएको उहाँले बताउनुभयो । यो भूकम्पको वैशाख १२ गतेको भूकम्पसँग कुनै सम्बन्ध नरहेको केन्द्रले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline