कांग्रेसमा क्रियशील सदस्यतालाई लिएर मतभेद चर्कियो

कांग्रेसमा क्रियशील सदस्यतालाई लिएर मतभेद चर्कियो

  • शुक्रबार, पुस ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, ३ पुस ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन पुनरावलोकन गर्नुपर्ने माग गरेका छन ।

केही दिनदेखि जारी केन्द्रीय समिति बैठकमा आज धारणा राख्ने अधिकांश सदस्यहरुले सदस्यता सम्बन्धमा परेका उजुरीहरुको सुनुवाइ नगरिएको, बिना मापदन्ड मतदानको अधिकार दिने र नदिने भनिएको, विवाद मिलाउने समितिले राम्रोसँग काम गर्न नसकेको भन्दै प्रतिवेदन सच्याउन माग गरेका हुन् ।

केन्द्रीय सदस्य नरहरि आचार्य संयोजकत्वको समितिले क्रियाशील सदस्यता छानबिन गरेर प्रतिवेदन केन्द्रीय समितिमा पेश गरेको थियो ।
बैठकमा सदस्यहरुले धारणा राख्नेक्रम नसकिएकाले बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ