पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा जोशी नियुक्त

पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा जोशी नियुक्त

  • बिहिबार, पुस २, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडाँै, २ पुस ।

झन्डै चार वर्षदेखि रिक्त नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा दीपकराज जोशी नियुक्त हुनुभएको छ ।

पर्यटन बोर्डको सञ्चालक समितिले अन्तिम तीन जना छनोटमा परेकामध्ये दीपकराज जोशी, ज्ञानेन्द्रसिंह महतो र डा ज्ञानेन्द्र तुलाधरमध्येबाट जोशीलाई सबैभन्दा बढी अङ्कका आधारमा आज नियुक्त गरेको हो । जोशी बोर्डमै वरिष्ठ अधिकृत पदमा कार्यरत हुनुहुन्छ ।

लामो समयदेखि रिक्त प्रमुख कार्यकारी अधिकृत पदपूर्तिका लागि सरकारले तीन सदस्यीय सिफारिस उपसमिति गठन गरेको थियो ।

सो समितिले कार्य्विधिअनुसार शैक्षिक योग्यता, अनुभव र विशिष्ट क्षमताका आधारमा जोशीलाई छनोटका लागि सिफारिस गरेको संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवम् पर्यटन बोर्ड सञ्चालक समितिका अध्यक्ष दिनेशकुमार थपलियाले राससलाई जानकारी दिनुभयो ।

सो पदका लागि १८ जनाले आवेदन भरेका थिए भने प्रारम्भिक छनोटमा १२ जना परेका र त्यसमध्ये नौ जनाले परीक्षा दिएको सचिव थपलियाले बताउनुभयो । नौ जनामध्ये जोशी, महतो र तुलाधर अन्तिम तीन जनाको सूचिमा पर्न सफल भएका थिए ।

चार वर्षअघि तत्कालीन प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठको अवकाशपछि पर्यटन बोर्ड निमित्त र कायम मुकायम प्रमुखका भरमा चल्दै आएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी