राजविराज पोष २ । अस्पताल भित्रै पसेर स्वास्थ्यर्मी तथा कर्मचारी माथी प्रहरीले कुटपिट र दुव्र्यवहार गरेको विरोधमा विगत २६ दिनदेखि जिल्लाभर स्वास्थ्य सेवा ठप्प पारेका स्वास्थ्यकर्मीहरुको आन्दोलन विहिवार साँझ देखि स्थगित भएको छ ।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट तथा आन्दोलनरत स्वास्थ्यकर्मीहरुको संघर्ष समिति बीच विहिवार साँझ अवेर सम्म चलेको बैठकमा ४ बुँदे सहमति भएपछि आन्दोलन स्थगित गरिएको स्थानीय गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालका प्रमुख डा. महेश खनालले बताए ।
प्रजिअ, स्वास्थ्यकर्मी संघर्ष समितिका पदाधिकारी तथा नागरिक समाज, संचारकर्मी अधिकारकर्मीैहरुको उपस्थितिमा भएको ४ बुन्दे सहमति पश्चात शुक्रवार देखि जिल्लाभर स्वास्थ्यसेवा संचालनमा आउने संघर्ष समितिका सदस्य डा. मुरली प्रसाद सिंहले वताए ।
४ बुन्दे सहमति पत्रमा शान्ति सुरक्षाको प्रत्याभुति गराउने, घाइते भएका स्वास्थ्यकर्मीको उपचार र तोडफोड भएका सरसमानको उचित क्षतिपूर्ति उपलव्ध गराउने उल्लेख छ ।
यस्तै डिएसपी नारायण चिमरीयाको सरुवा गर्ने तथा घटनावारे सत्य–तथ्य छानवीन गर्न उच्चस्तरीय छानवीन समिति गठनका लागि क्षेत्रीय प्रशासक कार्यालयमा सिफारीस लेखि पठाईने उल्लेख छ ।
वार्तापछि संचारकर्मीहरुसँग कुरा गर्दै संघर्ष समितिका अर्का सदस्य डा. टेकनारायण मण्डलले भने–चार बुन्दे सहमति पश्चात हाललाई आन्दोलन स्थगन गरेको छौ भविष्यमा गठन हुने छानविन समितिले दिएको प्रतिवेदन कार्यान्वयन नभए आन्दोलन पुनः अघि बढछ ।