नेपालमा भूकम्पको क्षति आंकलन गरेको भन्दा कम

नेपालमा भूकम्पको क्षति आंकलन गरेको भन्दा कम

  • बिहिबार, पुस २, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ २ पौष ।  

नेपालमा वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पको प्रभाव आंकलन गरिए भन्दा निकै कम भएको भूगर्भ्विदले बताएका छन् ।

नेपालमा गएको भूकम्प र त्यसको प्रभाव विषयमा अनुसन्धान गरेको अन्तर्रा्ष्ट्रिय वैज्ञानिकको एक समुहले प्रकाशित गरेको अनुगमन रिर्पोटमा आंकलन गरिएभन्दा कम क्षति भएको उल्लेख छ ।

अमेरिकाको एरिजोना विश्वविद्यालयका प्राध्यापक वैज्ञानिक जेफ्री कार्गलको नेतृत्वमा विश्वका विभिन्न भूगर्भ्विदले गरेको अध्ययनको प्रतिवेदन साइन्स म्यागजिनमा प्रकाशित भएको छ ।

अमेरिकाको सन फ्रान्सेन्सकोमा भएको अमेरिकन जियोलोजिकल युनिएनको बैठकमा अनुसन्धानको प्रतिवेदन पेश गरिएको छ । भूकम्पपछि त्यसकै कारण १० हजार भन्दा धेरै पहिरो जाने र त्यसले थप क्षति र्पुयाउने अनुमान गरिएकोमा चार हजार तीन सय १२ वटा मात्रै पहिरो गएको वैज्ञानिकले बताएका छन् ।

भूकम्पका कारण साढे ८ हजार भन्दा धेरै मानिसको ज्यान गएको भएपनि यो भूकम्पले पार्न सक्ने प्रभाव भन्दा निकै कम रहेको उनीहरुको भनाई छ । यस्तै भूकम्पका कारण विभिन्न हिमतालमा प्रभाव पर्ने वा ती हिमताल फुट्ने खतरा रहेको वैज्ञानिकले बताएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ