काठमाडौ २ पौष । परीक्षा नियन्त्रण कार्यलयले यस वर्षको एसएलसी परक्षा आगामी चैत १८ देखि २९ गतेसम्म सन्चालन गर्ने भएको छ ।
तराई आन्दोलनका कारण यस वर्षको एसएलसी परीक्षा गत वर्ष भन्दा १३ दिन ढिला सन्चालन गर्न लगिएको परीक्षा नियन्त्रक खगेन्द्र नेपाल जानकारी दिनुभयो ।
परीक्षा नियन्त्रण कार्यलयले सार्वजनिक गरेको तालिका अनुसार चैत्र १८ गते अनिवार्य अंग्रेजी, १९ गते अनिवार्य नेपाली र २१ गते अनिवार्य गणित विषयको परीक्षा हुनेछ ।
यस्तै चैत्र २२ गते बिज्ञान, २३ गते सामाजिक तथा २४ गते स्वास्थ्य तथा जनसंखय विषयको परीक्षा सन्चालन हुनेछ । चैत्र २५ गते एच्छिक प्रथम, २६ गते ऐच्छिक द्धितिय विषयको परीक्षा सन्चालन हुने परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।
प्राविधिक विषयको परीक्षा भने चैत्र २९ गतेसम्म नै सन्चालन हुने जनाएको छ । यो वर्षदेखि एसएलसी परीक्षाको नतिजा लेटर ग्रेडिङमा सार्वजनिक गरिने छ । तर परीक्षा संचालनको बिधि भने गएका वर्षहरुमा जस्तै हुने परीक्षा नियन्त्रक नेपालले बताउनु भयो ।