काठमाण्डौ,१ पौष । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बहिष्कारका वीच व्यवस्थापिका संसदले पुर्न्निर्माण प्राधिकरण सम्वन्धि विधेयक पारित गरेको छ ।
मोर्चाका सांसदले बैठक बहिष्कार गरेपनि आज केहीबेर छलफल गरेपछि संसदले विधेयक पारित गरेको हो । मोर्चाले आफ्नो धारणा राखेपछि बैठक बहिष्कार गरेका थिए ।
मोर्चाका तर्फबाट सद्भावना पार्टीका सासद लक्ष्मणलाल कर्णले पुर्न्निर्माण प्राधिकरण र संविधान संसोधन विधेयक अघि बढाउँदा साना दललाई वेवास्ता गरिएको आरोप लगाउनु भयो ।
उहाँले अहिलेको संविधान संसोधनले मधेस आन्दोलनको माग सम्वोधन नगर्ने बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline