काँग्रेस केन्द्रीय समितिमा महाधिवेशन तयारीको बिषयमा छलफल जारी

काँग्रेस केन्द्रीय समितिमा महाधिवेशन तयारीको बिषयमा छलफल जारी

  • बुधबार, पुस १, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौँ, १ पुस ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको आशन्न १३ औँ महाधिवेशनको तयारी सम्बन्धमा छलफल भईरहेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा मूलतः महाधिवेशन तयारीका लागि गठन गरिएका समितिले गरेका विभिन्न कामको समीक्षा, पार्टीको विधान संशोधनलगायतका विषयमा छलफल हुनेछ ।

बैठकको प्रारम्भमा केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा गठित क्रियाशील सदस्यता वितरण छानबिन समितिको प्रतिवेदनमाथि छलफल सुरु भएको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिनुभयो ।

व्यवस्थापिका–संसदको ठूलो दल काँग्रेसले संसदमा मङगलबार पेस भएको भूकम्पपछिको पुनःनिर्माण प्राधिकरण गठनसम्बन्धी विधेयक र संविधान संशोधन विधयकलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा पनि केन्द्रीय समितिमा परामर्श गर्नेछ ।

मुलुकको समसामयिक राजनीतिक परिस्थिति, सरकारका कामकारबाही तथा मधेश–तराईमा जारी आन्दोलनलगायतबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

बैैठकमा महाधिवेशनको तयारी र मुलुकको वर्तमान परिस्थितिबारे छलफल भइरहेको काँग्रेसका मुख्यसचिव ऋषिकेश तिवारीले जानकारी दिनुभयो ।

काँग्रेसको १३ औँ महाधिवेशन फागुन २० देखि २३ गतेसम्म काठमाडौमा हुदँैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ