राष्ट्रपति भण्डारीको विरोधमा जनकपूरमा प्रदर्शन

राष्ट्रपति भण्डारीको विरोधमा जनकपूरमा प्रदर्शन

  • बुधबार, पुस १, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ १ पौष ।  राष्ट्रपति विद्या भण्डारीको भ्रमणको विरोधमा मधेशी मोर्चाले गरेको प्रदर्शनका कारण जनकपूर आज बिहानैबाट तनावग्रस्त बनेको छ ।

मिथिलाञ्चलको ऐतिहासिक राजजानकी विवाह पञ्चमी महोत्सवमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी मध्यान १२ बजे जनकपूर पुग्नु भएको छ । मोर्चाका कार्यकर्ताले जानकी मन्दिर बाहिर प्रदर्शन गर्नुका साथै कालो झण्डा देखाएका छन् ।

शहरका विभिन्न स्थानमा मोर्चाका कार्यकर्ताको प्रदर्शनका कारण बिहानैबाट तनावग्रस्त बनेको छ । यस्तै जनकपुर चोकमा प्रदर्शन गरिरहेका मार्चाका कार्यकर्ता माथि प्रहरीले लाठीचार्ज गर्नुका साथै केही सेल अश्रुग्यास समेत प्रहार गरेको जनाएको छ ।

यस्तै प्रहरीले मन्दिर परिसरबाट सर्वसाधरणलाई हटाएर पूर्णरुपमा खाली गराईएको छ । जनकपुरका मुख्य चोकमा मधेसी मोर्चा तथा मधेसी गठबन्धनका कार्यकर्ताहरुले संयुक्तरुपमा विरोध गरिरहेका छन् । त्यहाँ सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।

राष्ट्रपति भण्डारी राष्ट्रप्रमुखको हैसियतमा रामजानकी मन्दिरको दर्शनका लागि जाने भनेपछि हिजो नै संयुक्त लोकतान्त्रीक मधेसी मोर्चा तथा संयुक्त समावेसी मधेसी गठबन्धनले त्यसको विरोध गर्ने बताएका थिए ।

राष्ट्रपतिको विरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, संघीय समावेशी गठबन्धन, प्रगतिशील मधेसी समाज, मधेस अधिकार संघर्ष समिति लगायतका आन्दोलनरत संगठनका नेता कार्यकर्ता बिहानैदेखि जनकपुरको ठाउँ ठाउँमा टायर बालेर नाराबाजी गर्दै प्रदर्शनमा उत्रेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ