काठमाडौ १ पौष ।
शुल्क विवादका कारण पोखरामा तीन दिनदेखी बन्द रहेको प्याराग्लाइडिङ आजबाट सञ्चालनमा आउने भएको छ । पोखरा पर्यटन परिषद्को समन्वयनमा बसेको त्रिपक्षीय वार्तामा सहमति जुटेपछि आजबाट प्याराग्लाइडिङ सञ्चालन हुन लागेको हो ।
वार्तामा नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान) ले लिन खोजेको मासिक शुल्क नियमाबली नबन्दासम्म नलिने, नमिलेको र अस्पष्ट नीतिलाई परिमार्जन गर्ने सहमति भएका छन् ।
प्राधिकरणले लिन खोजेको पटके शुल्क नीतिमा स्पष्ट नभएसम्म नलिने सहमति भएपछि व्यवसाय सञ्चालन गर्न तयार भएको नेपाल हवाई खेलकुद संस्था (एनएए) का उपाध्यक्ष सोबित बानियाँले बताउनुभयो ।
नागरिक उड्डयन प्राधिकरण पोखरा र नेपाल हवाई खेलकुद संस्थाबीच उडान अनुमति शुल्कको विवाद भएपछि प्याराग्लाइडिङ बन्द भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline