राष्ट्रपति भण्डारी आज जनकपूर जाँदै

राष्ट्रपति भण्डारी आज जनकपूर जाँदै

  • बुधबार, पुस १, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमडौ १ पौष ।  राष्ट्रपति विद्यादेवी भण्डारी आज मिथिलाञ्चलको ऐतिहासिक राजजानकी विवाह पञ्चमी महोत्सवमा सहभागी हुन जनकपुर जादै हुनुहुन्छ ।

राष्ट्रपति भण्डारीसँगै प्रधानसेनापति राजेन्द्र क्षेत्री, नेपालका लागि भारतीय राजदूत रणजित राय लगायत अन्य विशिष्ट व्यक्तिहरु पनि जनकपूर जाने कार्यक्रम रहेको छ ।

राष्ट्रपति भण्डारीले विवाहपञ्चमीको अवसरमा जनकपुरस्थित ऐतिहासिक तथा धार्मिक महत्वको जानकी मन्दिरमा पूजा–अर्चना गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो ।

यसैबीच तराईमा आन्दोलनरत संयुक्र लोकतान्त्रिक मधेशी मोर्चाले भने राष्ट्रपति विरुद्ध प्रदर्शन गर्ने तयारी गरेको छ । आन्दोलनरत मोर्चा आवद्ध विभिन्न दलको हिजो साँझ बसेको बैठकले राष्ट्रपतिको विरोध गर्ने निर्णय गरेको सद्धभावनाका जिल्ला अध्यक्ष सन्जय कुमार शाहले बताउनुभयो ।

उनीहरुले विरोध स्वरुप घरमा कालो झन्डा राखेका छन् । राष्ट्रपतिको भ्रमणलाई मध्यनजर गर्दै जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ