अख्तियारको कारबाही बदर गर्न माग गर्दै रिट

अख्तियारको कारबाही बदर गर्न माग गर्दै रिट

  • मङ्लबार, मंसिर २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौँ, २९ मङ्सिर ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरु गरेको कारबाही बदर गर्न माग गर्दै साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ ।

आयोगलाई विपक्षी बनाएर अधिवक्ता प्रेमकुमार काफ्लेको नामबाट दायर गरिएको रिट निवेदनमा काम विशेषले भारत जान लागेको अवस्थामा आयोगबाट खटिएका सुरक्षाकर्मीले विमानस्थलमा पत्र बुझाएको उल्लेख गरिएको छ ।

“आयोगका सुरक्षाकर्मीले कुनै कुख्यात अन्तर्राष्ट्रिय अपराधीलाई जसरी बिनाकारण अनाहकमा दुःख दिनुले कानुनको समान संरक्षणमा आघात पुगेकोे छ”– रिट निवेदनमा भनिएको छ ।

रिट निवेदनमा आयोगले आफूविरुद्ध सुरु गरिएको काम कारबाही जेसुकै भए पनि तत्कालका लागि रोकी सम्पूर्ण काम कारबाहीे अदालतको आदेशले बदर गर्न माग गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ