काठमाडौँ, २९ मङ्सिर ।
धादिङ युएई समाजले धादिङका मिर्गौलापीडित बालकलाई सहयोग गरेको छ ।
संयुक्त अरब इमिरेट्समा बसोबास गर्दै आएका नेपालीबाट संकलन गरीएको एक लाख ११ हजार रुपैया समाजका अध्यक्ष लेक योन्जन तामाङले मिर्गौला पीडित बालक गौतम लामिछानेलाई हस्तातरण गर्नुभएको छ ।
विसं २०७२ असोज १५ गते धादिङ अस्पतालमा उपचार गर्न ल्याइएका लामिछानेलाई मिर्गौलाको समस्या भएको पुष्टि भएपछि समाजले उनलाई उपचार गर्न काठमाडौँको कान्ति अस्पतालमा पु¥याउन सहयोग गरेको उनको सेवा अभियानमा खटिनुभएका सहप्राध्यापक चन्द्र लम्सालले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline