काठमडौ २९ मंसिर ।
सुनसरीको इटहरीमा हिजो भएको ईटाभट्टा दुर्घटनामा सञ्चालकको लापरवाही मूख्य कारण रहेको निष्कर्ष प्रशासनले निकालेको छ ।
प्रमुख जिल्ला अधिकारी रविलाल पन्थसहितको टोलीले दुर्घटना भएको न्यू जय नेपाल ईट्टा भट्टास्थल निरीक्षणपछि सञ्चालक विनोद अग्रवालको लापरवाहीका कारण दुर्घटना भएको निष्कर्ष निकालेको हो ।
गत बैशाख १२ गतेको भूकम्पमा क्षति पुगेको भट्टाको चिम्नी प्राविधिकको सल्लाह र स्थानीय प्रशासनको अनुमति बिना सामान्य मर्मतमै सञ्चालनमा ल्याएकाले विष्फोट भएको प्रमूख जिल्ला अधिकारी पन्थले जानकारी दिए ।
इटहरी उपमहानगरपालिका एकम्बास्थित न्यू जय नेपाल ईट्टा भट्टा बिष्फोट हुँदा आठजना मजदूरको ज्यान गएको थियो । मृत्यु हनेमा पाँच जना बालबालिका रहेको बताइएको छ । दुर्घटनामा १९ जना घाइते भएका छन ।
प्रहरीका अनुसार मृतयु हुनेमा भारत विहारका सदम हुसेन, १२ वर्षका राहुल मिया, १६ वर्षका सलुन मिया, ५० वर्षका गरिवलाल पासवान, २५ वर्षका मिथेलेस पासवान, इटहरी १६ की भगलीदेवी चौधरी, सोही ठाउका ३० वर्षका शिखनारायण चौधरी र विहार मस्थाप मिया रहेका छन् ।
सात जनाको घटनास्थलमै र एकको उपचाकारका क्रममा मृत्यु भएको क्षेत्रिय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । मृत्यु हुनेमा अधिकांश भारत बिहार र पश्चिम बंगालका मुस्लिम समुदायका छन् ।