राजविराज, २६ मंसिर ।
प्रहरीले अस्पताल भित्रै प्रवेश गरी कुटपिट तथा दुब्र्यवहार गरेको भन्दै २२ दिनदेखि आन्दोलनरत सप्तरीका स्वास्थ्यकर्मीहरुले सोमवार सरकारलाई दवाव दिन राजविराजमा ¥याली निकालेका छन् ।
२१ दिन अघि सदरमुकाम राजविराज स्थित सगरमाथा अञ्चल अस्पतालमा प्रहरीले प्रवेश गरी कार्यरत चिकित्सक तथा कर्मचारीलाई कुटपिट गरेको विरोधमा आन्दोलनमा रहेका उनीहरुले २२ दिनसम्म जिल्लाभरीको स्वास्थ्य सेवा ठप्प रहँदा पनि समस्या समाधानका लागि ठोस पहल नभएको भन्दै राज्यलाई दवाव दिन ¥याली निकालेका हुन् ।
स्थानीय गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल प्रांगणवाट निस्केको ¥याली नारावाजी गर्दै नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।
¥यालीमा राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल, १ सय १० उपस्वास्थ्य चौकी र ४ वटा प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी, कर्मचारी,, नर्सिङ्गकका प्रोफेसर र विद्यार्थीहरु, औषधी ब्यवसायी, निजामती कर्मचारी लगायतको सहभागिता थियो ।
नगर परिक्रमा पश्चात आयोजित विरोध सभाका सहभागिहरुले आफुहरुले अघि सारेको तीन सुत्रिय माग पुरा नभएसम्म काममा नफर्कने अडान दोहो¥याएका छन् ।
यता, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको आन्दोलनका कारण सरकारी स्वास्थ्य संस्था, निजि क्लिनिक, ल्याव र औषधी पसल समेत ठप्प छन् । गत मंसिर ६ गते आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ता र प्रहरी विच सगरमाथा अंचल अस्पताल भित्रै भएको झडपका क्रममा प्रहरीले उपचारमा संलग्न चिकित्सक र कर्मचारी समेतलाई कुटपिट गरेको भन्दै स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएपछि जिल्लाभरीको स्वास्थ्य सेवा प्रभावित भएको हो ।
घटनाका दोषी जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी भिमप्रसाद ढकाल, डिएसपी नारायण चिमरीया र सशस्त्र प्रहरी वल सिमा सुरक्षा कार्यालय राजविराजका एसपी दमन थापाको निलम्वन, सुरक्षाको ग्यारेण्टि र घाईते स्वास्थ्यकर्मी÷कर्मचारीको उपचार तथा क्षतीपुर्तिको माँग गर्दै आन्दोलनमा उत्रिएका उनीहरु अझै काममा फर्केका छैनन् ।
घटना लगत्तै राजविराजमा सम्पन्न स्वास्थ्यकर्मी तथा निजामति कर्मचारी सम्वद्ध विभिन्न २२ वटा संघसंगठनको संयुक्त वैठकले जिल्लाभरीका स्वास्थ्य संस्था र कार्यालय ठप्प पारी धर्नामा वस्ने निर्णय गरेपछि औषधी ब्यवसायी समेत आन्दोलनमा सहभागि भएका छन् ।