कारागारको फोहोर ब्यबस्थापन गर्न माग

कारागारको फोहोर ब्यबस्थापन गर्न माग

  • सोमवार, मंसिर २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

भद्रपुर, २८ मङ्सिर ।

झापा कारागारबाट उत्पन्न फोहोर व्यवस्थापन नगरिँदा आसपासको वस्तीमा दुर्गन्ध फैलिएको भन्दै स्थानीयले फोहोर व्यवस्थापनको माग गर्दै आज ज्ञापनपत्र बुझाएका छन् ।

भद्रपुर नगरपालिका–११ का कारागारसँग जोडिएका स्थानीय बासिन्दाले कारागारको फोहोरबाट रोगको त्रास बढेको भन्दै व्यवस्थापनका लागि वातावरण निर्माणको माग गर्दै झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेललाई ज्ञापनपत्र बुझाएका हुन् ।

नेकपा ९एमाले० झापा क्षेत्र नम्बर ३ का सचिव हीरा पोखरेलको नेतृत्वमा गएको स्थानीय बासिन्दाको टोलीले कारागार आसपासको वस्तीमा कैदी बन्दीबाट उत्पन्न फोहोर, ढललगायत फोहोर पानीले वस्ती डुब्न लागेकोले अविलम्ब रोक्न माग गरेको थियो ।

त्यसैगरी सोही क्षेत्रमा अव्यवस्थितरुपमा पालिएका सुँगुरबाट विभिन्न रोगको त्रास बढेकाले अवैधरुपमा पालिएका सुगुर नियन्त्रण गर्नसमेत प्रशासनको ध्यानाकर्षण गरिएको थियो ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पौडेलले कारागारको फोहोर व्यवस्थापन गर्न बायोग्यास प्लान्ट निर्माण कार्य अविलम्ब थालिने जानकारी दिनुभयो । उहाँले स्थानीयको पीडा छिट्टै सम्बोधन हुने समेत बताउनुभयो । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ