ताप्लेजुङ, २८ मंसीर ।
विप्लव नेतृत्वको नेकपा माओवदी निकट सामना साँस्कृतिक परिवारको केन्द्रीय टोलीले मेचीमहाकाली अभियान अन्र्तगत आईतबार ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा साँस्कृतिक कार्यक्रम बीच सामना साँस्कृतिक अभियान कार्यक्रम सम्पन्न गरेको छ ।
“राष्ट्रघात र जनविरोधि संविधानको विरोध, राष्ट्रिय स्वाधिनता र जनअधिकार सुनिश्चितताको लागि सामना साँस्कृतिक अभियान”भन्ने मूल नाराका साथ झापाबाट आरम्भ भएको अभियानविभिन्न साँस्कृतिक प्रस्तुतिको साथ माताप्लेजुङको फुङलिङ बजारमा आईपुगेको थियो ।
नेपालको संविधान २०७२ लाई कुनै पनिहालतमानमान्ने र जनघाती संविधानको विरुद्धमा साँस्कृतिक अभियान गरिएको कार्यक्रमका प्रमुख प्रस्तोता माइला लामाले बताए ।
नेपालको सरकार र सरकारको नेतृत्व गरेका राजनीतिक दलका नेताहरुले भारतीय नाकाबन्दीको खुलेर बिरोध नगरेको, सरकारको नेतृत्व गरेकादलका नेताहरुले ३ हजारदेखि लाखौँ रुपैयाँभारतीय दुताबासबाट भत्तालिने गरेको लामाको दाबीछ । आपसी मेलमिलापबाट सरकार र भारतले सुनियोजित तरिकाले नाकानन्दी आफैँ गर्दै बनावटी राट्रबादी भएको लामाको भनाई थियो । संसदीयव्यवस्था र प्रणलीबाट कुनै पनिहालतमाजनअधिकार र जनसंविधान सम्भब नभएको हुनाले, आफ्नो पार्टीले घोषणा गरेको जनसंविधानको आधारमा जन परिषदबाट आफ्नो कृयाकलाप अगाडि बढाउने लामाको भनाई थियो ।
साँस्कृतिकअभियानकाप्रमुखअतिथितथापूर्व मन्त्रीपदम राईले नेकपामाओवादीको वर्तमान राजनैतिक दृष्टिकोणको बारेमा प्रष्ट्याएकाथिए । राईले नेकपामाओवादीजनताको अधिकारको खातिर जस्तोसुकै मुल्यचुकाउनतयार रहेको बताए । अहिलेको पश्चगामी संविधानले नेपालकाकुनैपनिवर्ग, लिङ्ग, जाति, भाषा, धर्मको मागलाई सम्बोधन नगरेको ठहर गरे ।
झापाबाट सुरु भएको सामना साँस्कृतिक अभियान विभिन्न जिल्लामा जनसंविधान प्रप्तिको लागि जागरण गर्दै सुदुरपश्चिममा पुगेर टुङ्गिने छ ।